अमेरिकाको लस एन्जलसको प्यासिफिक पालिसेड क्षेत्रमा लागेको डढेलोले अहिलेसम्म दुई हजार नौ सय एकड क्षेत्रलाई आफ्नो चपेटमा लिएको छ। कडा हावाको कारण आगो तीव्र गतिमा फैलिएको अधिकारीहरुले जानकारी दिएका छन्।
करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। लस एन्जलस दमकल विभागले १३ हजार भवनहरू जोखिममा रहेको जानकारी दिएको छ, जसमध्ये केही भवनहरू आगोबाट क्षतिग्रस्त भइसकेका छन्। हाल यो आगोलाई नियन्त्रण गर्न २५० भन्दा बढी दमकल कर्मचारीहरू खटिएका छन्। बिदामा रहेका सबै कर्मचारीहरूलाई पनि काममा फर्कन भनिएको छ।
आगोले स्थानीय ट्राफिक प्रणाली पनि प्रभावित भएको छ। अधिकारीहरुले काउन्टीका २ लाख ग्राहक बिजुलीविहीन भएको भनेका छन्, जसले गर्दा आगो नियन्त्रण र आपतकालीन सञ्चारमा समस्या भएको छ। आगोले दक्षिणी क्यालिफोर्नियामा ठूलो क्षति पुर्याउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij