Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

एजेन्सी : बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गरेको छ ।

बंगलादेशका स्थानिय सञ्चार माध्यमका अनुसार शेख हसिनासहित ९६ जनाको राहदानी रद्द गरिएको हो । तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू रहेका छन् ।

उनीहरूमाथि जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोप छ। अब शेख हसिनाले भारतबाट बंगलादेश आउन खोजिन भने उनलाई तत्काल पक्राउ गरिनेछ ।

यसअघि मंगलबार बिहान शेख हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) मा अर्को उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij