Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

तिब्बत भूकम्प अपडेटः मृतकको संख्या ९५ पुग्यो, १३० जना घाइते

तिब्बत भूकम्प अपडेटः मृतकको संख्या ९५ पुग्यो, १३० जना घाइते

काठमाडौं: तिब्बतको पहाडी क्षेत्रमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३० जना घाइते भएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्क अनुसार तिब्बतको सिगात्से सहरमा स्थानीय समय अनुसार बिहान ९:०० बजे गएको भूकम्पको ७.१ म्याग्निच्युड र १० किलोमिटर गहिराई थियो ।

भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।

भूकम्प गए लगत्तै चीनले तीन तहको आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउँदै उद्दार तथा राहतका लागि टोली खटाइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij