Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

तिब्बतमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, कयौं घरमा क्षति [तस्बिरहरू]

तिब्बतमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, कयौं घरमा क्षति [तस्बिरहरू]

चीनको तिब्बत केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

तिब्बतको डिङ्गयी आसपास केन्द्रविन्दु भएर गएको भूकम्पबाट हालसम्म ५३ जनाले ज्यान गुमाएका चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दुको ५ किलोमिटर आसपासमा सातवटा गाउँ रहेका छन् । त्यस्तै, केन्द्रविन्दुको २० किलोमिटर आसपासमा दुईवटा शहर रहेका छन् ।

यूएस जियोलोजिकल सर्भेले भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको छ ।

भूकम्पपछि तिब्बतको अवस्था :

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij