पेरु : उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १७ जना बेपत्ता भएका छन् ।
अधिकारीहरूका अनुसार बस लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो । उक्त बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो भने जसमा केही यात्रुहरू हालसम्म बेपत्ता रहेका छन् ।
स्थानीय मिडियाले सडकको खराब अवस्थालाई सम्भावित कारणको रूपमा उद्धृत गरेका छन् । घटनास्थलमा प्रहरी र सिभिल डिफेन्स टोली तैनाथ भएकाले उद्धार कार्य जारी रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij