काठमाडौँ : युवापुस्ता माझ चर्चित साङ्गीतिक ब्यान्ड ‘जोन एन्ड दि लोकल्स’ गुन्जिने भएको छ । ‘लाइभ इन डिएमभी’ नाम कन्सर्टमा ब्याण्डका गायक जोन चाम्मिङ राईले साङ्गीतिक प्रस्तुति दिने भएका हुन् ।
डिएमभी सालिसबरी सेन्टर ८८९० म्याथ्युज एभ मानसस भर्जिनियामा यही जनवरी ११ मा आयोजना हुने कन्सर्ट प्रोजेट ऊर्जाले आयोजना गर्न लागेको हो । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर अमेरिकामा रहेका नेपालीहरूलाई साङ्गीतिक मनोरञ्जन दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रोजेट ऊर्जाका सदस्य सुसन तिवारीले बताए ।कार्यक्रमका लागि गायक जोन चाम्मिङ राई सहित ब्यान्ड ‘जोन एन्ड दि लोकल्स’ अमेरिका पुगिसकेको छ । जोनका हावा जस्तै, फर्किन होला, सोधन लगायत गीत हिट छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij