Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कोरियाका राष्ट्रपति योललाई पक्राउ गर्ने प्रहरी प्रयास असफल

कोरियाका राष्ट्रपति योललाई पक्राउ गर्ने प्रहरी प्रयास असफल

एजेन्सी : निलम्बित दक्षिण कोरियाका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ।

करिब ६ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको हो।

युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ।

युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारीसाधनसमेत तेस्र्याएको थियो।

युनमाथि शक्तिको दुरुपयोग गरेको र सैन्य कानुन लागू गर्न खोजेको भन्दै महाभियोग प्रस्ताव संसद्मा पुगेको छ। संसद्मा महाभियोग प्रस्ताव पुगेपछि उनी निलम्बित भएका थिए।

दक्षिण कोरियामा संसद्को महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्छ।

तर, तीन पटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो। त्यही आधारमा प्रहरीको टोली शुक्रबार युनलाई पक्राउ गर्न गएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij