Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

समाज परिवर्तनको संवाहक नै महिला हुन् : प्रधानमन्त्री ओली

समाज परिवर्तनको संवाहक नै महिला हुन् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन् । काठमाडौंमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले समाज परिवर्तनको संवाहक महिला नै भएको बताए। व्यवस्था परिवर्तनपछि पनि अवस्थामा परिवर्तन भएन भन्दै अहिले केही भएन भन्ने भाष्य बनाउन खोजिएको उनको भनाइ थियो।

विगतमा नेपालको राजनीतिक परिवर्तनमा महिलाको उल्लेख्य भूमिका रहेको भन्दै उनले अहिले जिम्मेवारीमा पुगेका महिलाहरूले पुरुषको तुलनामा उत्कृष्ट काम गरिरहेको पनि चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट