Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सहकारी प्रकरणमा कांग्रेस र एमालेका नेतालाई जोगाइएको माओवादीको आरोप

सहकारी प्रकरणमा कांग्रेस र एमालेका नेतालाई जोगाइएको माओवादीको आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अन्निप्रसाद सापकोटाले सरकारले भ्रष्टाचारीहरुलाई जोगाएको आरोप लगाए।

उनले भने–‘विपक्षीहरुलाई चाहिँ छानीछानी कारवाही गर्ने, आफ्नालाई चाहिँ जोगाउने, कांग्रेस उपसभापति धनराज गुरुङको विषय सहकारीको विषयमा सिधै देखिएको छ कारवाही नै छैन। एमालेका सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट