काठमाडौँ : नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन तयार भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रूपान्तरण पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक दस्ताबेज पेस गर्ने भएका हुन् ।
जुन प्रतिवेदन बिहीबार बसेको स्थायी समिति बैठकले पारित गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्षले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय गरिएको बताए । यस्तै उनले केन्द्रीय समितिमा आगामी कार्ययोजना, कार्य विभाजन, सांगठनिक, सांस्कृतिक लगायत विविध प्रतिवेदनसमेत पेस हुने कार्यसूची रहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij