Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो ।

भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी हुनुुहुुन्थ्यो । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुनुहुन्छ ।यही पुस १३ गते निजी भ्रमणमा नेपाल आउनुुभएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहनुुभएका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै हुनुहुुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट