Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा ट्रक घुस्दा १५ जनाको ज्यान गयो

अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा ट्रक घुस्दा १५ जनाको ज्यान गयो

अमेरिकाको न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको ज्यान गएको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् ।

न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए ।

चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी प्रहरीका अनुसार तीव्र गतिमा ट्रक चलाएका चालकले जतिसक्दो धेरै मानिसको हत्या गर्ने प्रयास गरेका थिए ।

घटनाको अनुसन्धान गरिरहेको एफबीआईले मानव भिडमा ट्रक चलाउने चालक टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको बताएको छ ।

एफबीआईले ट्रकमा विद्रोही समूह इस्लामिक स्टेट, आईएसको झण्डा भेटिएकोले चालक आतङ्कवादी समूहसँग जोडिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

चालकले अधिकारीहरुमाथि गोलीसमेत चलाएका थिए भने ट्रक भएको क्षेत्रमा विष्फोटक उपकरणसमेत भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij