काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग एकताको समझदारी भएको बताएका छन्।बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि बोल्दै गौतमले यस्तो बताएका हुन् । उनले पार्टी एकता छिट्टै हुने बताए ।एकीकृत समाजवादीमा एकता राष्ट्रिय अभियानलाई मिसाउनेबारे छलफल गर्न गौतम तेस्रो पटक संवादमा बसेका थिए।
गौतमले भने,‘समझदारी विकास गर्ने भएको छ। यो त एउटा सानो पक्ष हो। यसैलाई खोल्नेबित्तिकै कति धेरै आउँछ। अबचाहिँ यस्तो भयो भनेर जुन दिन घोषणा गर्छौं त्यही दिन बताउँछौं। यसरी पार्टी एकता गर्छौं।’
गौतमले नेकपा एमाले उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय एकता अभियान चलाइरहेका छन्।उनले एमालेमा फर्कर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवाद गरेका थिए। ओलीसँगको संवादले भने गति लिन सकेन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij