काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पहिलो हार बेहोरेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनी काठमान्डु गोर्खाजसँग ३६ रनले पराजित भएको हो । चार खेलमा काठमान्डुको यो तेस्रो जित हो ।
काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा अलआउट भयो । सन्दीप जोराले सर्वाधिक ४४ रन बनाउँदा अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४ तथा रुबेन ट्रम्पलमानले ११ रन जोडे ।
लुम्बिनीलाई सस्तैमा समेट्न काठमान्डुका जहानदाद खानले चार तथा करण केसीले दुई विकेट लिए । यस्तै सन्तोष यादव, शाहब आलम, राशिद खान र सहान अरच्चिगेले एक एक सफलता हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन जोड्यो । काठमान्डुका ओपनरद्वय डेभिड वार्नर र साहिल पटेलले आक्रामक सुरुवात गरे । पावरप्लेमा टोलिले ४५ रन बनायो ।
वार्नरले ६६ रनको योगदान दिए । यस्तै पटेलले ३८ रन बनाए । सहान अरच्चिगेले आक्रामक ब्याटिङ गर्दै अविजित ३४ रनको योगदान दिए । बलिङतर्फ काठमान्डुका रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेश गौतमले दुई-दुई विकेट लिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij