काठमाडौं : गृह मन्त्रालयले साँझ ५ः४५ को समयमा नवनियुक्त आईजीपी डा.मनोजकुमार केसीलाई दज्र्यानी चिह्न (फुली) लगाउने कार्यक्रम तय गरेको छ ।मन्त्रालयस्रोतका अनुसार बिहीबार विहान फुली लगाइदिन डा.केसीले माग गरेका थिए ।
तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै फुली लगाएर पदबहाली गर्न तयार भएका हुन् ।प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार नवनियुक्त आईजीपी डा.केसीलाई फुली लगाएपछि हेडक्वार्टर लैजानका लागि औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइएको छ ।उनको स्वागतका लागि प्रहरी हेडक्वार्टरमा आवश्यक तयारी शुरु भएको स्रोतले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij