Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल गर्ने

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल गर्ने

काठमाडौँ :  भारतका विदेश सचिव विक्रम मिस्रीले आज नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलका क्रममा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । छलफलले दुई देशबिच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन् ।

दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिस्री कात्तिक १९ गते काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij