Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

आज कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ :  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको  हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

बिहीबार देशको हिमाली र पहाडी भूभागमा तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij