Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

मधेश सरकार गठनका लागि दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड

मधेश सरकार गठनका लागि दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड

काठमाडौं  : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश सरकार गठनका विषयमा राजनीतिक दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास आएका प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार गठनका लागि विभिन्न विकल्प खुला राखेर छलफल भइरहेको जानकारी दिएका हुन् ।

उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरू मधेश प्रदेश सरकारको स्थायित्वका लागि छलफलमा जुटेको बताए। यस विषयमा चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

प्रचण्डले लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक शक्तिबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको पनि बताए ।

‘यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,’ उनले भने, ‘यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्नेछौँ ।’ मधेश प्रदेशमा सरकार गठनको विषय पेचिलो बनिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij