काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो ।महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार १७० रुपैयाँ कायम भएको छ ।यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ३ हजार ७२० रुपैयाँ पुगेको छ ।महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार १० ग्राम चाँदी ३ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij