Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमितिको बैठक बस्दै

निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमितिको बैठक बस्दै

काठमाडौं : निर्वाचनका क्रममा प्रहरीको पोशाक खरिदसम्बन्धि अध्ययन गर्न बनेको उपसमितिको बैठक आज बस्दैछ।बैठक केहीबेरपछि सुरु हुने समिति सदस्य तथा नेकपाका सांसद महेन्द्रबहादुर शाहीले जानकारी दिए। गत १६ असोजमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न रास्वपा सांसद मनिष झाको नेतृत्वमा उपसमिति गठन गरेको थियो।

उपसमितिलाई दुई महिनाको समय सीमादिनेछ। निर्धारित समयभित्र प्राप्त उजुरीउपर अध्ययन गरेर प्रतिवेदन दिने तयारी छ। उपसमितिको सचिवालयले प्राप्त विवरण संकलन र त्यसमाथि अध्ययनको काम गरिरहेको जनाएको छ।

नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाइरहेका छन्।  

फागुन २१ सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेका थिए।

दुवैतर्फ गरी कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना भएका थिए।  डेढ महिनाका  लागि मात्रै नियुक्त ती प्रहरीलाई कमसल सामग्री उपलब्ध गराइएको भन्दै प्रश्न उठेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट