Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

पोखराको स्कुल बस दुर्घटनामा प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाही जिम्मेवार

पोखराको स्कुल बस दुर्घटनामा प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाही जिम्मेवार

कास्की : पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते भएको  कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा प्राविधिक खराबी, तीव्र गति र चालकको लापर्वाहीलाई जिम्मेवार बनाइएको छ। दुर्घटनाको छानबिनका लागि पोखरा महानगरद्वारा गठन गरिएको छानबिन समितिले दुर्घटनाका सम्भावित कारण बसको प्राविधिक खराबीलगायतका पक्ष रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ।

महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिले दुर्घटनाको प्राविधिक, मानवीय तथा सडक पूर्वाधारसम्बन्धी पक्षको अध्ययन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन पेस गरेको हो। 

समितिले दुर्घटनाको वास्तविक कारण पहिचानसँगै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विभिन्न सुधारका उपायसमेत सिफारिस गरेको छ। 

गत असोज २३ गते बिहान ६ः३० बजेको समयमा कालिका बोर्डिङ स्कुलको ग२ख १७४७ नम्बरको बस माझठानाबाट विद्यार्थी लिएर कालिकातर्फ आउने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट