Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

एनपीएल आजदेखि सुरु हुँदै : बेटिङदेखि म्याच फिक्सिङसम्म निगरानी, उद्घाटन खेलमा ११२५ प्रहरी परिचालन

एनपीएल आजदेखि सुरु हुँदै : बेटिङदेखि म्याच फिक्सिङसम्म निगरानी, उद्घाटन खेलमा ११२५ प्रहरी परिचालन

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन बेटिङदेखि म्याच फिक्सिङसम्मका गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।प्रतियोगितालाई सुरक्षित र मर्यादित बनाउन उद्घाटन खेलमा मात्रै १ हजार १२५ प्रहरी परिचालन गरिने भएको छ ।

खेलमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण तथा खेलाडी र दर्शकको सुरक्षा सुनिश्चित गर्न सादा पोसाकका प्रहरीसहित विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए।

उनका अनुसार सम्भावित बेटिङ र म्याच फिक्सिङका गतिविधिमाथि निगरानी गर्न प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरीसमेत खटाइएको छ ।

गत संस्करणमा रंगशालामै बसेर बेटिङ सञ्चालन गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका थिए ।

यसपटक पनि त्यस्ता समूह सक्रिय हुन सक्ने आशंकामा प्रहरीले डिजिटल माध्यमबाट निगरानी गर्नुका साथै सादा पोसाकमा प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij