Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

एनपीएल उद्घाटन खेलका सबै ८ हजार ४०० टिकट बिक्री

एनपीएल उद्घाटन खेलका सबै ८ हजार ४०० टिकट बिक्री

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति टिकट बिक्री खुला गरेको थियो।क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार उद्घाटन खेलका लागि ८ हजार ४०० टिकट बिक्री भएका छन्। तीमध्ये ७ हजार साधारण प्याराफिट र १ हजार ४०० प्रिमियम टिकट छन्।

कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्।लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ।एलिमिनेटर र फाइनलका लागि भने साधारण टिकट १ हजार र प्रिमियम टिकट २ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij