काठमाडौँ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडासँगको खेलमा नेपाल २४ रनले पराजित भएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो । नेपालले ५० ओभरको खेलमा चार ओभर बाँकी छँदै सबै विकेट गुमाएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभाले ११७ बलमा १०५ रनको शतकीय पारी खेलेका थिए ।
आरोन जोन्सनले ३६, हर्ष ठाकरले ३४ र हम्जा तारिकले ३० रन बनाए । नेपालका लागि ललित राजवंशीले चार विकेट लिए । सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र रोहित पौडेलले एक विकेट लिए ।
२५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि आसिफ शेखले २०, इशान पाण्डेले २१, रोहित पौडेलले १८ र बसिर अहमदले ६ रन बनाए । हारसँगै विश्वकप क्रिकेट लिग–२ को अंकतालिकामा नेपाललाई धक्का लागेको छ ।
नेपाल २८ अंक सहित तालिकाको ७ औँ र क्यानडा २९ अंक सहित तालिकाको ६ औँ स्थानमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij