Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रेस काउन्सिलमा विवाद लैजाने सहमतिपछि किशोर श्रेष्ठ रिहा

प्रेस काउन्सिलमा विवाद लैजाने सहमतिपछि किशोर श्रेष्ठ रिहा


काठमाडौं  : जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। श्रेष्ठको विषय प्रेस काउन्सिल नेपालमा लैजाने सहमतिपछि उनलाई रिहा गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो।

सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सहमति भएको छ।

पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएपछि विवाद उत्पन्न भएको थियो। सोही विषयलाई लिएर पन्तले साइबर ब्यूरोमा उजुरी दिएका थिए।

श्रेष्ठको पक्राउप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै उनलाई बिनाशर्त रिहा गर्न माग गरेको थियो। समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत समाधान खोज्नुपर्ने महासंघको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij