Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपालमा नोभेम्बर १९ देखि आईसीसी एसिया सम्मेलन हुने

नेपालमा नोभेम्बर १९ देखि आईसीसी एसिया सम्मेलन हुने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन हुने भएको छ।

सम्मेलनमा एसियाका टेस्ट खेल्ने तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ।

नेपालमा सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) को तेस्रो संस्करणका इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij