Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

काठमाडौँबाट बाहिरिने सवारी फाखेलबाट मात्रै जान पाउने, त्रिभुवन राजपथ एकतर्फी गरियो

काठमाडौँबाट बाहिरिने सवारी फाखेलबाट मात्रै जान पाउने, त्रिभुवन राजपथ एकतर्फी गरियो

अविरल वर्षाका कारण सडक अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारी साधनलाई दक्षिणकाली–फाखेल सडकखण्डबाट मात्रै पठाइएको छ ।
बीपी राजमार्ग र कान्ती लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ती सडकहरूमा सवारी साधनलाई जान दिएको छैन ।
त्रिभुवन राजपथ हुँदै सवारी साधनलाई उपत्यका तर्फ आउन मात्र दिइएको छ भने मकवानपुरबाट काठमाडौँतर्फ एकतर्फी रूपमा पठाइएको छ ।
काठमाडौँ । अविरल वर्षाका कारण सड्क अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारी साधनलाई दक्षिणकाली–फाखेल सड्क खण्डबाट मात्रै पठाइएको छ ।
बीपी राजमार्ग र कान्ती लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यसतर्फ सवारी साधनलाई जान दिएको छैन ।दक्षिणकालीबाट फाखेल हुँदै सवारी साधन मकवानपुरतर्फ जान सक्छन् । मकवानपुरको पालुङ हुँदै त्रिभुवन राजपथबाट चल्ने सवारी साधनलाई एकतर्फी गरिएको छ । त्रिभुवन राजपथ हुँदै चल्ने सवारीलाई उपत्यका तर्फ आउन मात्र दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘त्रिभुवन राजपथ हुँदै सवारीसाधन काठमाडौँ आउन पाएपनि चापका कारण थानकोटबाट उता प्रवेश गर्न दिइएको छैन ।’

मकवानपुरको भैंसे लगायतका ठाउँमा फसेका सवारीलाई काठमाडौँतर्फ एकतर्फी रूपमा पठाइएको छ । वर्षाका कारण दक्षिणकाली–सिस्नेरी सड्क पनि अवरुद्ध छ । टोखा–छहरे हुँदै नुवाकोटको विदुरसम्म चल्ने सवारीलाई त्यसतर्फ जान दिइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट