बुटवल : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडकखण्डमा आजदेखि असोज १२ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय पाल्पाले मौसममा आएको परिवर्तनसँगै जिल्लामा निरन्तर भारी वर्षा भइरहेको र आगामी केही दिनमा अति भारी वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाल मौसम विज्ञान विभागले आगामी चार दिन देशभर भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।
विशेष गरी सिद्धबाबा क्षेत्र पहिरोको उच्च जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले असोज ८ गतेदेखि १२ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म बुटवल–दोभान सडकखण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ।
प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा चालकलाई निर्धारित समयबाहेकको समयमा मात्र उक्त सडकखण्ड प्रयोग गर्न आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij