Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

सर्वोच्च : अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
दीपक भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
भट्ट विशेष अदालतको आदेशमा सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् ।
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार तीन दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षी विशेष अदालत, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो लगायतका नाममा आदेश जारी गरेको छ ।

आदेशमा निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको रिट किन जारी हुनु पर्ने हो? वा रिट जारी हुनु नपर्ने आधार र कारण के हो? सो समेत स्पष्ट गरी यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।

त्यसैगरी, विपक्षीहरूको नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघे पनि नियम अनुसार पेस गर्न भनिएको छ । साथै, सर्वोच्च अदालतमा विचाराधीन रहेका दीपक भट्ट (चतुर्भूज भट्ट) विरुद्ध नेपाल सरकार भएका मुद्दाहरू (०८३-RE-००२१) र (०८३-RE-००२२) अवलोकनार्थ यसै मुद्दासाथ राखी पेस गर्न आदेशमा उल्लेख गरिएको छ । भट्ट विशेष अदालतको आदेशमा सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट