गोरखा : गोरखाको सिरानचोक गाउँपालिका–७ अर्कुलमा मालबाहक मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बुधबार दिउँसो १२ः३० बजे बाह्रकिलोबाट बारपाकतर्फ जाँदै गरेको ग १ ख ६३८० नम्बरको मालबाहक मिनिट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३५ प ०९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक नाम, थर र वतन नखुलेका पुरुष घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई तत्काल प्रहरीको गाडीमा राखेर उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ। उनको परिचय खुलाउने तथा घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मिनिट्रक र मोटरसाइकल दुवै घटनास्थलमै रहेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय गोरखाबाट थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij