Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था मिलाउन माग

धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था मिलाउन माग

काठमाडौँ :

प्रतिनिधि सभाका सांसदहरुले रसुवाको भोटेकोशी बाढी परी निधन भएकाको आ–आफ्नो धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था

गराउन माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा सांसद सरस्वती लामाले रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाको आ आफ्नो धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था गराउन माग गरिन्।

सांसद सागर भुसालले जेनजी आन्दोलनमा प्रभावितलाई रु पाँच हजार एउटा व्यक्तिको गाँस, बास र कपासको आवश्यकता पूरा नहुने भएकाले पुनर्विचार गर्न माग गरे। सांसद साजिदा खातुन सिद्धिकीले रसुवा बाढीमा वेपत्ताको खोजी के हुँदैछ भनी सोधेकी छिन्। आत्मदाह किन बढेको छ भनी खोजी गर्न पनि उनले ध्यानाकर्षण गराइन्। सांसद सीताराम साहले धान बालीलाई पानी नभएर समस्या भएकाले तराइ क्षेत्रको सुक्खाको समस्या समाधान गर्न माग गरे।

सांसद सृजना श्रेष्ठले निजी क्षेत्रले रोजगारी वृद्धिमा काम गर्ने भएकाले यसको प्रवर्द्धन गरिनुपर्ने बताए। सांसद सुजाता तामाङले कृषि जमिनको क्षति हुनबाट रोक्ने व्यवस्था गराउन माग गरिन्। गरीबको मुख्य स्रोत नै कृषि भएकाले यसको संरक्षण गरिनुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट