Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द

पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द

ललितपुर : पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ माल्टास्थित दोबाटोमा बिहीबार दिउँसो साढे १२ बजे पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको हो ।
प्रहरीका अनुसार पहिरो झरिरहेकाले तत्काल सडक खुलाउने अवस्था छैन । 
सडक बन्द भएपछि दुवैतर्फ सवारीसाधनको लाम लागेको प्रहरीले जनाएको छ ।
यता, ललितपुरबाट कोन्ज्योसोमतर्फ जाने सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट