Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

लाङटाङ खोलाको सुरुङबाट २ जनाको शव निकालियो

लाङटाङ खोलाको सुरुङबाट २ जनाको शव निकालियो

काठमाडौँ : रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ । नेपाली सेनाका उद्धारकर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन् ।

बुधबार साँझ निकालिएको शव नुवाकोटमा ल्याइएको उद्धारमा समन्वय गरिरहेका एक सैनिक अधिकृतले बताए । लाङटाङ हाइड्रोमा विदेशी सहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङका १५० मिटरसम्म प्रवेश गरेका छन् ।

अहिले दुई ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट