काठमाडौं : ललितपुरमामा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन्।
सोमबार साँझ महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कार्पिओ चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको मृत्यु भएको हो।
घाइते अधिकारीको उपचारको क्रममा ग्वार्कोस्ति बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उक्त गाडी एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको । त्यसमा कार्यालयका कर्मचारी सवार रहेका प्रहरीले जनाएको छ। स्कार्पियोमा चालकसहित ६ जना सवार रहेका थिए।
दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको महाँकाल गाउँपालिका–२ मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij