Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु

धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु

पोखरा :  लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किएको हो । 

धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउपालिका १ घनपोखरा नायुका टिक बहादुर विक र उनकी कान्छी छोरी विनीता विकको मृत्यु भएको प्रहरीले जनाएको छ । धन्सार भत्किँदा उनीहरू सहित ४ जना घाइते भएका थिए । घाइतेमध्ये आमा सुक कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको ईप्रका भोर्लेटारका प्रमुख ध्रुव प्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij