Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सुनसरीका पाँच स्थानमा अनिश्चितकालिन कर्फ्यू

सुनसरीका पाँच स्थानमा अनिश्चितकालिन कर्फ्यू

विराटनगरः दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरू पहिचान गरी अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पाँच वटा मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कफ्र्यु लगाएको हो।

जिल्ला प्रशासन कार्यालयले सुनसरीको हरिनगर बजार क्षेत्रमा कफ्र्यु लगाएको छ । हरिनगर बजारको पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोड सम्मको क्षेत्रलाई कफ्र्यु लगाएको छ ।

यस्तै, सुनसरीको भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र र घुस्कीमा कफ्र्यु लगाएको हो । भुटाह बजारको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय क्षेत्रमा कफ्र्यु आदेश भएको छ । यस्तै, कप्तानगञ्ज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रमा कफ्र्यु आदेश भएको छ ।

यस्तै घुसकी बजारको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुसकी, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल क्षेत्रमा कफ्र्यु आदेश भएको छ । यस्तै, देवानगञ्ज बजारको पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय भित्र कफ्र्यु आदेश भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।sunsari-1785118739.jpg

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij