Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

तीनथानामा मिनि ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

तीनथानामा मिनि ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३ बजे आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरि नगरपालिका–१२ निवासी ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा ललितपुरस्थित बी एण्ड बी अस्पताल, ग्वार्कोमा बिहान ४ बजे मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

स्कुटरको पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपाल घाइते भएकी छन्। उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij