Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

शोभाराम वलीको संयोजकत्वमा दाङमा ह्याचरी व्यवसायीको समन्वय समिति गठन

शोभाराम वलीको संयोजकत्वमा दाङमा ह्याचरी व्यवसायीको समन्वय समिति गठन

शिवप्रसाद बराल

दाङ : दाङका ह्याचरी व्यवसायीहरूको भेलाले शोभाराम वलीको संयोजकत्वमा ५ सदस्यीय समन्वय समिति गठन गरेको छ।

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर बिसुरालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा दाङ जिल्लाका १३ वटा ह्याचरी व्यवसायीहरूको सहभागिता रहेको थियो। संघका गतिविधिलाई जिल्लास्तरमा प्रभावकारी रूपमा सञ्चालन तथा व्यवसायीबीच समन्वय बढाउने उद्देश्यले वलीको नेतृत्वमा समिति गठन गरिएको हो।

समितिका सदस्यमा ईश्वर श्रेष्ठ, अर्जुन पौडेल, विशाल अधिकारी र डिल्लीबहादुर डाँगी चयन भएका छन्। नवगठित समितिले दाङका ह्याचरी व्यवसायीलाई संगठित गर्दै व्यवसायिक एकता, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

भेलामा केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर बिसुरालले पोल्ट्री तथा ह्याचरी व्यवसायको वर्तमान अवस्था, व्यवसायमा देखिएका चुनौती तथा आगामी रणनीतिबारे प्रशिक्षणमूलक प्रस्तुति दिएका थिए। उनले व्यवसायीहरूबीचको एकता नै उद्योगको सुदृढीकरणको आधार भएको उल्लेख गर्दै सबै ह्याचरी व्यवसायीलाई संघको छातामुनि आबद्ध हुन आग्रह गरे।

भेलाले दाङका सबै ह्याचरी व्यवसायीलाई संगठित गर्दै व्यवसायिक हित, एकता र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट