Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पूर्वाधारमन्त्री भन्छन्– काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन

पूर्वाधारमन्त्री भन्छन्– काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन

काठमाडौँ : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँमा बनाइने मेट्रो रेल सरकारले नभई निजी क्षेत्रले बनाउने बताएका छन्।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

‘कर्णालीमा बाटो छैन, काठमाडौँमा मेट्रोरेल’ भन्ने सांसदको गुनासोबारे सम्बोधन गर्दै उनले भने, ‘काठमाडौँमा मेट्रोरेल प्राइभेट सेक्टरले बनाउँछ, सरकारले बनाउँदैन, त्यो पनि अहिले बन्ने होइन । हामीले ५०/१०० वर्ष पछिको कुरा पनि सोच्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट