Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जनकपुरदेखि सुरु भएको मिटरब्याजविरुद्ध न्याय मार्च चौथो दिन लालबन्दी पार गर्दै राजधानीतर्फ

जनकपुरदेखि सुरु भएको मिटरब्याजविरुद्ध न्याय मार्च चौथो दिन लालबन्दी पार गर्दै राजधानीतर्फ

काठमाडौं :  जनकपुरबाट असार २५ गतेदेखि सुरु भएको मिटरब्याजविरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ। राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूको यो यात्रा काठमाडौँ पुग्ने छ।  

न्यायको खोजीमा निस्किएका सयौँ सहभागीहरूले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौँ जान पर्दैन’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अगाडि बढिरहेका छन्। आयोजकहरूको भनाइअनुसार सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाबस्थापना गर्न फेरि काठमाडौँ गुन्जायमान बनाउनुपर्ने अवस्था आएको छ। उनीहरू करिब एक साताभित्र काठमाडौँ पुग्ने छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट