Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ।सार्वजनिक विनिमय दरअनुसार अमेरिकी डलर, युरो र बेलायती पाउन्ड स्टर्लिङलगायत प्रमुख विदेशी मुद्राको मूल्य उच्च विन्दुमा पुगेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, १ युरोको खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर २०४ रुपैयाँ १५ पैसा तथा बिक्री दर २०४ रुपैयाँ ९५ पैसा तोकिएको छ।

खाडी मुलुकका मुद्रामध्ये कतारी रियाल १ को बिक्री दर ४१ रुपैयाँ ९४ पैसा र साउदी रियाल १ को बिक्री दर ४० रुपैयाँ ७१ पैसा रहेको छ। यस्तै, मलेसियन रिङ्गित १ को बिक्री दर ३७ रुपैयाँ ५५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँको विनिमय दर भने स्थिर रहेको छ। १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दर सन्दर्भ विनिमय दर भएकाले वाणिज्य बैंकहरूले निर्धारण गर्ने खुला बजार विनिमय दरमा केही भिन्नता हुन सक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट