काठमाडाैं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त शिव शिखर सहकारीका थप २४८ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार हालसम्म शिव शिखर सहकारीका कुल १ हजार १ सय १७ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्। पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गरिएको समितिले जनाएको छ।
बचतकर्ताको रकमको आधारमा वर्गीकरण गर्दै आगामी चरणमा पनि क्रमशः बचत फिर्ता गरिने समितिको भनाइ छ।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
समितिका अनुसार प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij