Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नारायणगढमा शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

नारायणगढमा शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

नारायणगढ : शाओमी नेपालले लायन्सचोक, नारायणगढमा रहेको केएल मलको तस्रो तल्लामा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा (After–Sales Service) सञ्जाललाई थप विस्तार र सुदृढ बनाएको कम्पनीले उल्लेख गरेको छ ।

नारायणगढ तथा आसपासका क्षेत्रका शाओमी प्रयोगकर्तालाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले यो सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यहाँ शाओमीका स्मार्टफोन, वेयरेबल, इयरबड्स तथा अन्य स्मार्ट (AIoT) उपकरणहरूको मर्मत, नियमित जाँच, प्राविधिक सहयोग तथा आधिकारिक स्पेयर पाट्र्सको सुविधा उपलब्ध हुनेछ ।

यो सर्भिस सेन्टर शाओमी नेपालको आधिकारिक राष्ट्रिय वितरक तथा रमेश कर्पअन्तर्गतको कम्पनी टेलिडाइरेक्ट प्रा.लि. ले सञ्चालन गर्नेछ । शाओमीको आधिकारिक साझेदारका रूपमा टेलिडाइरेक्टले नेपालभर ग्राहकलाई भरपर्दो सेवा प्रदान गर्दै कम्पनीको सेवा सञ्जाल विस्तारमा निरन्तर काम गर्दै आएको छ ।

यस अवसरमा टेलिडाइरेक्ट प्रा.लि.का महाप्रबन्धक दीपक श्रेष्ठले भन्नुभयो, “नारायणगढमा शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं । यसले नारायणगढ तथा आसपासका ग्राहकहरुलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । आगामी दिनमा पनि सेवा सुविधामा निरन्तर सुधार गर्दै ग्राहकको विश्वास अझ सुदृढ बनाउने र उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रयास जारी रहनेछ । “यस सर्भिस सेन्टरमा शाओमीको आधिकारिक सेवा मापदण्डअनुसार तालिमप्राप्त तथा प्रमाणित प्राविधिकहरू कार्यरत रहनेछन् । ग्राहकहरूले यहाँ नियमित मर्मतदेखि जटिल प्राविधिक समस्या समाधानसम्मका सेवाहरू छिटो, भरपर्दो र व्यावसायिक रूपमा प्राप्त गर्न सक्नेछन् ।

सर्भिस सेन्टर सञ्चालनको अवसरमा शाओमी नेपालले विशेष ग्राहकमुखी अफरहरू सार्वजनिक गर्ने जनाएको छ । त्यससम्बन्धी जानकारीका लागि कम्पनीले आफ्ना आधिकारिक सामाजिक सञ्जालहरूमा नियमित अपडेट हेर्न ग्राहकलाई अनुरोध गरेको छ । नारायणगढमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनसँगै शाओमी नेपालले देशभर विश्वस्तरीय सेवा विस्तार गर्दै ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट