काठमाडौं : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक बोलाएका छन्।
आज दिउँसो २ बजे आफ्नै निवास गोल्फुटारमा बस्नेगरी बैठक बोलाएको नेता एनपी साउँदले जानकारी दिए। निवर्तमान पदाधिकारीसहित शीर्ष नेताहरूसहभागी हुने बैठकमा सातै प्रदेशमा भएका भेलाहरुको समीक्षा गर्ने र संस्थापन पक्षले आफूहरुसँग संवादका सवालमा तदारुकता नदेखाएकाले कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ।
यो पक्षले काठमाडौंको राष्ट्रिय भेलाको समेत तयारी गरिरहेको छ। यद्यपि साउँदले भने यसबारे अनौपचारिक छलफल चले पनि टुंगो भने नलागेको बताए। खड्काले हालैमात्रै संस्थापन पक्षलाई ७ बुँदे जवाफ फर्काएका थिए।
त्यसबारेमा पनि छलफल हुने जनाइएको छ । पार्टीको विवाद समाधान उन्मुख नभएको बेला सो पक्षले काठमाडौंको चुनदेवीमा १५ औँ महाधिवेशन तयारीका लागि भन्दै सम्पर्क कार्यालय समेत खोलिसकेको छ।
यसलाई कतिपयले सहमति नभएको अव
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij