Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै आक्रमण, आक्रमणको विरोधमा कर्मचारीद्धारा कार्यालयको काम ठप्प

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै आक्रमण, आक्रमणको विरोधमा कर्मचारीद्धारा कार्यालयको काम ठप्प

चितवन :  इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै सांघातिक आक्रमण भएको छ । गाउँपालिकाका कर्मचारीहरूले घटनाको कडाj   गरेका छन्।

 

गाउँपालिकाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार असार १८ गते बिहान करिब ११ बजे निर्माण व्यवसायी किङफिसर कन्स्ट्रक्सनका प्रोप्राइटर लालबहादुर तामाङ सहित ६ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गर्नुका साथै परिवारसमेतलाई नछोड्ने धम्की दिएको आरोप लगाइएको छ।

 

विज्ञप्तिमा कार्यालय समयमै कार्यकक्षभित्र भएको उक्त घटनाले सम्पूर्ण कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै कर्मचारीहरू असुरक्षित महसुस गरेको जनाउँदै दोषीमाथि कारबाहीको प्रक्रिया अघि नबढेसम्म कार्यालयको नियमित कामकाज गर्न असमर्थ रहने चेतावनी पनि दिइएको छ।

 

737091373_1384212800430635_4108027105834803710_n.jpg

undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij