Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा

महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । चितवनमा भएको पहिलो महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूले बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम सकिएपछि बैठक सुरु भएको हो । 

बैठकमा पेस हुने एजेन्डाबारे केही थाहा नभएको केन्द्रीय सदस्य कुशुम श्रेष्ठले जानकारी दिइन् । सभापति रवि लामिछानेले निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई शपथ गराएका थिए ।
विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । विधान अनुसार तीमध्ये ५१ जना सभापतिले मनोनयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij