चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। विशेषगरी महामन्त्री र सहमहामन्त्री पदका लागि उम्मेदवारी र उम्मेदवारी फिर्ताको घटनाले महाधिवेशनमा नयाँ राजनीतिक चर्चा सुरु भएको छ।
निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले महामन्त्री पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि त्यसको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। महाधिवेशनस्थलमा सभापति रवि लामिछानेले महामन्त्री पदका लागि विपिन आचार्यलाई अघि सार्ने तयारी गरेको चर्चा चलिरहेका बेला बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएको विश्लेषण गरिएको छ। यद्यपि उम्मेदवारी फिर्ताको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन।
महामन्त्री पदका अर्का दाबेदार मनिष झा भने सहमति नभएसम्म प्रतिस्पर्धाबाट पछि नहट्ने अडानमा रहेको बताइन्छ। यसैबीच महामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा हेरिएका प्रमोद न्यौपानेको भूमिकाबारे पनि महाधिवेशनमा चासो बढेको छ। समानुपातिक सूचीमा रहेका न्यौपाने सांसद बन्नबाट रोकिएको विषय पुनः चर्चामा आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij