चितवन : रास्वपा नेतृ टीका सङ्ग्रौला (ज्वाला)ले सहमहामन्त्रीको उम्मेदवारी फिर्ता लिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले यसको जानकारी दिएकी हुन् ।
उनले लेखेकी छिन्–'सह महामन्त्रीको उम्मेदवारी फिर्ता लिँदै अरू उम्मेदवार साथीहरूलाई सहयोग गर्ने निर्णय गरियो।'
रास्वपा पदाधिकारी निर्वाचन अन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि अझै सुरु हुन सकेको छैन ।