चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै पार्टी एकता, संस्थागत सुदृढीकरण तथा नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै आफूले यो कदम चालेको स्पष्ट पारेका छन्।
खनालले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिहरूको संस्थागत विकास गर्न र पार्टीलाई थप सशक्त बनाउनका लागि यसअघि महामन्त्री पदमा दाबी गरेका थिए।
तर, सहमतिको वातावरण निर्माण गर्न र अन्य आकांक्षी साथीहरूलाई सहज बनाउनका लागि आफूले उम्मेदवारीको दौडबाट पछि हट्ने निर्णय गरेको उनले बताएका छन्।
वक्तव्यमा खनालले केन्द्रीय समितिको निर्वाचनमा आफूलाई विश्वास गरेर देश तथा प्रवासबाट मतदान गर्ने सम्पूर्ण प्रतिनिधिहरू प्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनहरूमा पार्टीलाई थप बलियो बनाउन आफ्नो भूमिका निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij