Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दही–चिउरा संस्कृतिले स्वदेशी दुग्ध उत्पादनलाई टेवा, ७५ लाख लिटर दही खपत हुने

दही–चिउरा संस्कृतिले स्वदेशी दुग्ध उत्पादनलाई टेवा, ७५ लाख लिटर दही खपत हुने

काठमाडौं : नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ। उक्त परिमाणको दही बिक्रीबाट करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको एसोसिएसनले जनाएको छ।

बिहीबार काठमाडौंमा आयोजित दही–चिउरा प्रवर्द्धन कार्यक्रममा एसोसिएसनले नेपाली समाजमा असार १५ मा दही–चिउरा खाने परम्पराले दुग्धजन्य पदार्थको उपभोग बढाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको हो।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल ले असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि संस्कृति र स्वदेशी उत्पादनबीचको सम्बन्धलाई थप बलियो बनाउने बताए। उनले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष दाहालले किसानले उत्पादन गरेको दूधको उचित मूल्य, समयमै भुक्तानी र दुग्ध उद्योगको दिगो विकासका लागि सम्बन्धित निकायबीच अझ प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

नेपालमा हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने तथा दही–चिउरा खाने परम्परा रहँदै आएको छ, जसले कृषि र दुग्ध व्यवसाय दुवैलाई आर्थिक रूपमा टेवा पुर्‍याउने गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij